डीआरको ‘सोध तिमी आफैँसँग’ मा दीपिकाको प्रेममा विशाल

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

डा. डीआर उपाध्यायको नया गीत ‘सोध तिमी आफैँसँग…’ सार्वजनिक भएको छ । बुलु मुकारुङको सङ्गीत उदय सोताङको स्वर, नोर्बु शेर्पाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा विशाल थापा, दीपिका थापा र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ । भिडियोमा विशालले दीपिकालाई चोखो प्रेम गरेका छन् । भिडियोमा त्रिकोणात्मक प्रेम देखाइएको छ ।

प्रेम लामाले छायाँकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । साहित्यकार तथा गीतकार डा. डीआर उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरिएको थियो । यो विषयलाई सम्बोधन गर्दै उनलाई मिराकल्स वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको पनि प्रमाणपत्र प्रदान गरिएको छ  ।डी. आरको उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही महिना अघि राष्ट्रिय नाचघर, जमलमा गरिएको थियो  ।

एल्बममा समावेश भएका ४० भन्दा बढी गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ र बुलु मुकारुङको सङ्गीत रहेको छ भने देशका प्रायः ख्यातिप्राप्त सबै गायक–गायिकाहरुको स्वर रहेको छ ।

video: