‘ए मेरो हजुर ३’लाई चारदिनमा ४ करोड

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३’ ले घरेलु बजारमा चार दिनसम्म ४ करोड १ लाख रुपैंया आम्दानी गरेको छ । पहिलो दिन शुक्रवार ७५ लाख रुपैंया आम्दानी गरेको यो चलचित्रले शनिवार १ करोड १४ लाख रुपैंया आम्दान गरेको थियो ।

यस्तै तेस्रो दिन आइतवार १ करोड ५० लाख रुपैंया आम्दानी गर्न सफल भएको यो चलचित्रले चौथो दिन सोमवार ६२ लाख रुपैंयाको व्यापार गरेको वितरक मनोज राठीले जानकारी दिएका छन् । नेपाली चलचित्रले लामो समयदेखी राम्रो ब्यापार गर्न नसकेको समयमा ‘छक्का पञ्जा ३’ पछि  ‘ए मेरो हजुर ३’ले राम्रो ब्यापार गरेको वितरक मनोजको भनाई छ ।

झरना थापा निर्देर्शीत यो चलचित्रमा नायक अनमोल केसी र नवनायिका सुहाना थापाको मुख्य भूमिका रहेको छ । यो चलचित्रबाट डेब्यु नायिका सुहानाको तारिफ गरिएको छ ।