अब हिन्दि फिल्मपनि नेपालीसँगै आउनुपर्ने

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

अहिले नेपाली चलचित्र क्षेत्रमा चाडपर्वका दिन बाहेक अन्य दिन शुक्रबार मात्र चलचित्र प्रदर्शन हुँदै आएका छन् । तर नेपालमा भारतीय (बलिउड) चलचित्र भने भारतमा जुन दिन प्रदर्शन हुन्छ सोहि दिन प्रदर्शन हुँदै आएका थिए । अर्थात नेपालमा बलिउड चलचित्र अत्यधिक मात्रामा बुधबार प्रदर्शन हुँदै आएका थिए । यसैबिच बैशाख ४ गते बुधबारबाट भने यो काम रोकिएको छ अर्थात बुधबारबाट विश्वब्यापी प्रदर्शनमा आएको बलिउड चलचित्र ‘कलंक’ नेपालमा प्रदर्शन हुन पाएन ।

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष प्रदीप भट्टराईको आदेशमा बुधबार बलिउड चलचित्र प्रदर्शनमा रोक लगाइएको हो । अब बलिउड चलचित्र पनि शुक्रबार नै प्रदर्शन गर्नुपर्नेछ । चलचित्र निर्माता संघले शुक्रबार बाहेक अरु दिनमा विदेशी चलचित्र रिलिज हुँदा नेपाली चलचित्र मर्कामा परेको भन्दै चलचित्र विकास बोर्डलाई पत्र लेखेको थियो । वोर्ड अध्यक्ष भट्राईको यो निर्णयको चलचित्रकर्मीले स्वागत गरेका छन् । केही हल व्यवसायी र वितरकले पनि यो निर्णय गलत भएको तर्क राखेका छन् ।

अहिले गतसाताबाट दुई नेपाली चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ प्रदर्शन भइरहेका छन् । वोर्डको यस्तो निर्णयले यी दुई चलचित्रलाई भने ठुलो राहत मिलेको छ । पछिल्लो समय नेपाली चलचित्रले लगानी समेत उठाउन नसकेको बेला बिदेशी चलचित्रको मनोमानी प्रदर्शनमा रोक लगाउँदा घरेलु चलचित्रको ब्यापार बढ्ने देखिन्छ । तर यस्तो निर्णय गरिरहँदा कतिपय चलचित्रकर्मिले कहिले सम्म बिदेशी चलचित्रसँग हामी डराएर भाग्ने भन्ने टिकाटिप्पणी पनि गरेका छन् । नेपाली चलचित्रको गुणस्तरमा बृद्धि गरेर बिदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्नुपर्ने देखिन्छ ।