बंगलादेशी नायक फर्दुस कालोसुचीमा

मुम्बई (एजेन्सी) ।

बंगलादेशका अभिनेता फर्दुस अहमेद बंगालको चुनाव प्रचारमा लागेका कारण भारत छोड्न आदेश दिएको छ । भारतले फर्दुसका भिसा क्यान्सिल गर्नुकासाथै कलाकारको कालोसुचीमा राखेको छ । फर्दुस रेइगञ्जमा कंग्रेसको चुनाव क्यापियनमा सक्रिय रुपले सहभागी थिए ।

‘बंगलादेशी कलाकार टुरिस्ट भिसामा यहाँ आउँदै चुनाव प्रचार गरिरहेका छन् । यस्तो गर्न कानुनले दिँदैन । त्यस्ता कलाकार समातिनुपर्छ’ बिजेपीका नेता प्रकाश मजुम्दरले बताए । लोकसभा चुनावमा अधिकांश बलिउड सेलेब्रेटी पनि उम्मेद्वार छन् । भारतको चुनावमा कयौं कलाकारले चुनाव प्रचारमा उम्मेद्वारलाई साथ दिँदै आएका छन् । ‘वीरे दी वेइडिङ’ अभिनेत्री स्वारा भास्करले कम्युनिस्ट पार्टीका नेता  कन्हैया कुमारको पक्षमा देखिन्छन् ।

४५ बर्षिय फर्दुसले चालिस वटा भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् भने बंगलादेशमा उत्कृष्ट अभिनेताको अवार्ड समेत पाइसकेका छन् ।