आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

जय किशन बस्नतेले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘हिरो नं वान’को छायांकन सुरु भएको छ । जय किशनको आफ्नै लेखक तथा निर्देशनमा बन्न लागेको यो चलचित्र टिम गएको शुक्रबारबाटै सुटिङमा निस्किएको हो ।

जाहन्वी बस्नेत र ब्रबिम बस्नेतले प्रस्तुत गर्ने यस चलचित्रमा द्धन्द शंकर महर्जन, श्रृंगार रबि केसी, मधु न्यौपानेको गीत, संगीतताराबिर पाण्डे र हरि थापा, नृत्य राम्जी लामीछाने रहेका छन् । त्यस्तै, कार्यकारी निर्माता मदन रताम्रकार रहने छन् भने, रामजी राउत र ञन कुमार कट्टेल मुख्य सहायक पनिर्देशक रहने छन् । चलचित्रमा विनोद सापकोटाको छायांकन रहने छ भने, तारा थापा किम्भेको सम्पादन रहने छ ।

यस चलचित्रमा कलाकारहरु जय किशन बस्नेत, एलीना रायमाझी, राजीबजंग बस्नेत, जाहन्वी बस्नेत, टार्जन, शोभित बस्नेत, यत्तलम केसी, संद्धरत्न महर्जन, माया तमाङ, मलन ताम्राकार रहेका छन् । त्यस्तै अन्य कलाकारहरुमा आशिश क्षेत्री, आरोही श्रेष्ठ, निशान चिलसवाल, रामजी रायत, पूविण अधिकारी, सन्तोष श्रेष्ठ, चन्दन आर्गेजा, शुभेच्छा थापा, राजु गिरी, सावित्रा चिलुवाल, बिनोद ठाकुर, गणेश केसी, अनिक लामा, रोशन मगर, लय संग्रौला, बखत बिष्ट, प्रतिभा बिष्ट, ञन कुमार कटटेल लगायत रहने छन् ।

चलचित्र ‘हिरो नं. वान’ काठमाडौं, दामन, कुलेखानी, मनाङ, मुस्ताङ, दोलखा, पोखरा लगायतका रमणीय स्थतमा छायांकन हुने चलचित्रका कलाकार निर्देशक तथा निर्माता जय किशन बस्नेतले बताएका छन् ।

८ बैशाख २०७६, आईतवार ०९:४३