सुर्खेतबाट ‘घामट शेरे’ को छायाँकन सुरु

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">गएको सोमबारबाट चलचित्र ‘घामट शेरे’ को छायाँकन सुरु भएको छ। सुर्खेतबाट चलचित्रको छायाँकन सुरु गरिएको निर्देशक हेमराज विसीले बताएका छन्। हाल प्रर्दशन मिति नतोकिएको चलचित्र लगभग एक महिना सम्म सुर्खेतमै छायाँकन हुने र सुर्खेत बाहेक अन्य सुट काठमाण्डौंमा गरिने टिमले जानकारी दिएका छन्। छायांकनमा नरेन्द्र मैनालीको हात रहेको चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भुमिका रहनेछ। यस चलचित्रमार्फत निश्चल र स्वस्तिमालाई उनका फ्यानहरुले पहिलो पटक पुरा चलचित्रमा एकसाथ देख्न पाउने भएका छन् ।&nbsp;</p><div><br></div>