‘क्रिकेट रङ्गशाला’ निर्माणमा स्टारग्रुपको सहयोग (भिडियो)

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

चितवनको भरतपुरमा निर्माण गर्न लागेको बहुउद्देश्यीय ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि जापानबाट खेलसँग सम्बन्धित संस्था स्टारग्रुपले धुर्मुस सुन्तली फाउण्डेशनलाई २ लाख रुपैंया सहयोग गरेको छ । बुधबार फाउण्डेशनको कार्यालयमा स्टारग्रुप संस्थाका सदस्य रञ्जीत खत्रीको उपस्थितीमा उक्त सहयोग रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरणमा सहयोग लिँदै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले रकम हस्तान्तरण गरेका दुबै जनालाई र स्टारग्रुप संस्थाका सबै सदस्यहरुलाई धन्यवाद दिए ।

‘धुर्मुस’ले देशकै गौरवको परियोजना आफुहरुले आँट गरिरहँदा प्राप्त हुने सहयोग र सकारात्मक प्रतिकृयाले आफुहरुलाई निकै ठुलो हौसला मिलेको बताए । उनले भने ‘रङ्गशाला नितान्त यहाँहरुकै सहयोगमा निर्माण सफल हुने हो। सबैजना अभियान्ता बनेर सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौं।’

यसैक्रममा उपाध्यक्ष कुञ्जना घिमिरेले भनिन् ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ केवल हामीले मात्र र केही ब्यक्त्ति बिशेषले मात्र बनाउने प्रोजेक्ट होइन । सबै नेपाली मिली सकारात्मक सोचकासाथ भित्रबाट ईच्छाशक्ति ल्याइ फन्ड कलेक्शन गरी अर्थात आफुले जस्तो किसिमको सहयोग गर्न सकिन्छ त्यसैअनुसार सहयोग गरे मात्रै क्रिकेट रङ्गशाला निर्माण सम्भब छ । यो एक मेघा प्रोजेक्ट भएका कारण यस बिषयमा आइपर्ने बिभिन्न समस्यालाई सबै मिलि समाधान गर्नेुपर्छ।' उनले थपिन् । 'गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ हाम्रै पालामा सम्भब छ । यदि हामी सबै जुट्यौँ भने।'

बिस्तृत जानकारीकालागि भिडियो: