राता मकैले बनाए आफ्नै नामको गेट

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

रातामकै उपनामबाट परिचित हाँस्य कलाकार किरण केसीले ‘राता मकै’नामकै प्रवेशद्धारा निर्माण गरेका छन् । कलाकारितासंगै विभिन्न सामाजिक सेवामा सक्रिय रहदै आएका किरणले निर्माण गरेको उक्त गेट आइतवार ललितपुरस्थित लक्ष्मीनगरपालिका मेयर रामेश्वर श्रेष्ठ र मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंशआचार्यले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेकाहुन् ।

उद्घाटन गर्दै ललितपुरको इमाडोलमा रहेको रातामकै चोकस्थित रातामकै गेटलाई मेयर श्रेष्ठले उदाहरनियकाम गरेको बताए । ‘आफ्नो ठाउलाई आफैले बनाउनु पर्छ’ उनले भने ‘किरणजीको विकास निर्माणको पाटोको सिको अन्यकलाकारले पनि गरे झनै राम्रो ।’ यसैगरी उद्घाटनमा पुगेकामदनकृष्ण श्रेष्ठ पनिकिरणको कामको प्रसंसा गरे ।

किरणले त्यहाँमन्दिर, सडक, क्रियाभवन, आमबुवाको नाममा महेन्द्र आदर्स स्कुलको दुइभवन र इमाडोल प्रहरी भवननिर्माण गरिसकेका छन् । उनले प्रहरी भवनआफ्नै अध्यक्षतामा निर्माण गरेर हस्तान्तरण गरेका थिए । झन्डै १२ वर्ष अगाडी नामांकन भएको राता मकै चोक र त्यहाँको राता मकै मार्गले आफुलाई यो गेट बनाउन प्रेरित गरेको किरणले बताए । ‘यहाँ मैले विभिन्न स्थानमाआफुले सक्दो विकास निर्माणमा हातेमालो गरिरहेको छु त्यसैले पनियहाँ गेट आवश्यक देखेकोले निर्माण गरेको हु’ उनले भने । उनले झन्डै ६ लाखको लागतमा बुवा दुर्गा बहादुर केसी र आमइन्द्र कुमारी केसीको सम्झनामा गेट निर्माण गरेको बताए ।