एक महिनापछि सर्यो ‘काउसो’

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चलचित्र ‘काउसो’ को प्रदर्शन मिति झण्डै एक महिना पछि सरेको छ। यसअघि बैशाख २० गते प्रर्दशन मिति तोकिएको उक्त चलचित्र अब जेठ १७ गतेलाई घोषणा गरिएको छ। चलचित्र 'दाल भात तरकारी' सोही दिन आउने कारणले ‘काउसो’ लगभग एकमहिनापछि सरेको हो।

कमेडी जनरामा निर्माण भएको चलचित्रमा अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सविन श्रेष्ठ, सुरेन्द्र अधिकारी, नविन आचार्यलगायतका कलाकारहरुकोे अभिनय रहेको छ। मदन घिमिरे निर्देशित चलचित्रमा अर्नभ बस्नेत प्रस्तुतकर्ता रहेका छन् भने निर्मातामा सिताराम तिमल्सिना ज्याक र भगवान खत्री छन्।

निर्देशकै कथा रहेको चलचित्रमा भोजराज देवकोटाको पटकथा रहेको छ। शंकर महर्जनको द्वन्द्व, विक्रम स्वाँरको नृत्य, विकास चौधरीको संगीत, रामेश्वर हुमागाइँको छायांकन, नविन निरौलाको सम्पादन रहेको चलचित्रमा कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन्।