सुहानाको बर्थडेको अवसरमा ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

अभिनेत्री सुहाना थापाको जन्मदिनको अवसर पारेर २०७५ साल चैत २९ सार्वजनिक प्रदर्शनमा भएको चलचित्र ‘ए मेरो हजुर ३’ले राजधानीमा सक्सेस पार्टी मनाएको छ । चलचित्रले झन्डै एक महिने प्रदर्शन तय गर्न सफल भएको छ। डेब्यु गर्ल सुहानाको २१ औँ जन्मदिनमा मनाइएको सक्सेस पार्टीमा केही सिनेमाकर्मी, पत्रकार,नजिकका आफन्त र ‘ए मेरो हजुर ३’को टिमको उपस्थिति रहेको थियो । छोरी सुहाना जन्मिएपछि झरनाले होम प्रोडक्सनको चलचित्र ‘धर्म संकट’बाट लिड हिरोइनमा डेब्यु गरेकी थिइन्। त्यस्तै सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टले चलचित्र निर्माणको पनि २१ वर्ष पुरा गरेको छ। जुन चलचित्र सुनिलकुमारले निर्माण गरेका थिए । २१ औँ वर्ष लामो कार्यकालमा झरना र सुनिलले सुहाना जस्तो प्रतिभाशाली कलाकार चलचित्र क्षेत्रलाई दिएका छन् ।

‘छक्का पन्जा ३’ पछी कुनैपनि चलचित्रले बक्सअपिसलाई उकास्न सकेको थिएन् । सुस्ताएको व्यापारलाई उकास्ने क्रममा चलचित्रले ५१ दिन मनाउने संकेत पनि देखाउदैँ आएको छ । अब भने ‘ए मेरो हजुर ३’ले केहि मल्टीप्लेक्स र सिंगल स्क्रिनमा पाँचौ साताको यात्रा तय गर्दैछ । झण्डै एक महिने लामो प्रदर्शनमा चलचित्रले बक्सअफिसमा ९.५ करोड नजिक व्यापार गरिसकेको छ। चलचित्रले १० करोडको व्यापार गर्ने अनुमान छ। साथै, ‘ए मेरो हजुर ३’ अनमोल, झरना र सुनिलकुमारको करिअरकै सर्वाधिक कमाउने चलचित्रको रुपमा खडा भएको छ । सांगीतक प्रेमकथामा आधारित चलचित्रमा अनमोल र सुहानाको अलवा  सलोन बस्नेत, अपर्ण थापा, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रक्षा गौतम रुपा घिसिङलगायतका कलाकारको पनि अभिनय रहेको छ ।