लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको निधन

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">चर्चित तथा लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ । इमेज एफ.एम.मा कार्यरत उनको ४५ वर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा ओम अस्पतालमा उनको निधन भएको हो । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट ग्रस्त उनलाई पछिल्लो समयमा श्वासप्रस्वास र मुटुसम्बन्धी पनि समस्या देखिएको थियो ।&nbsp;</p><p style="text-align: justify; ">धरान घर भएका सुरजले पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गर्थे । उनले ब्लास्ट टाइम्समा सह सम्पादक, धरान टुडेलगायतका संचारमाध्यममा पनि काम गरिसकेका छन् । त्यस्तै ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा उनले आफ्नो छुट्टै पहिचान बनाएका थिए । त्यस्तै उनी २०५६ सालमा ईमेज एफएममा आबद्ध भएका थिए । गीतकार तथा संगीतकारको रुपमा पनि आफ्नो पहिचान बनाएका उनले विभिन्न म्युजिक भिडियो निर्देशन समेत गरेका छन् । सुरज श्रेष्ठले इमेज एफएममा ‘इमेज पप’ लगायतका लोकप्रिय कार्यक्रम चलाउने गर्थे । म्युजिक भिडियो डाइरेक्टरको रुपमा समेत काम गरेका सुरजले इमेज एफएममा ‘इमेज पप’ लगायतका लोकप्रिय कार्यक्रम चलाउने गर्थे। धेरै दर्शक श्रोताहरु सुरजको आवाजमा मोहित हुने गर्थे । स्टेज कार्यक्रममा दर्शकलाई आफ्नो काबुमा राख्न सक्ने क्षमता भएका परिवारका कान्छा सदस्य थिए । वि.स.२०३१ साल फागुन २६ गते जन्मिएका श्रेष्ठका सुरजका श्रीमती, एक छोरा र एक छोरी र सात जना दिदीहरु छन् ।&nbsp;</p>