‘एसईई मोडल हन्ट’मा २६ प्रतियोगी

आर्टिष्ट खबर/जेठ काठमाडौं

सौन्दर्य प्रतियोगिता ‘एसईई मोडल हन्ट २०१९’का लागी २६ प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । बिभिन्न चरणको अडिसनबाट छानिएका ११ केटी र १५ केटी प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि केही सातादेखि प्रशिक्षण मार्फत आफ्नो प्रतिभा निखार्न जुटेका हुन् ।

प्रशिक्षणका क्रममा उनीहरुले ब्यवसायिक मोडलिङका लागि चाहिने बिभिन्न प्रशिक्षकाका अलवा बिजनेश म्यान, अभिनेता अभिनेत्री, लेखक, फेसन डिजाइनर, राजनीतिक लिडर लगायत समाजका प्रतिष्ठित ब्यक्तिहरुबाट उनीहरुकै क्षेत्रको अनुभव समेत हासिल गर्नेछन् ।

एसईई दिएर बिभिन्न क्षेत्रमा करिअर बनाउने सोचमा रहेका र मोडलिङमा भबिश्य खोज्न चाँहनेहरुका लागि ‘एसईई मोडल हन्ट’ एउटा उपयुक्त प्लेट र्फम पनि हो । समाजको जुनै क्षेत्रमा पनि सजिलै स्थापित हुन सक्ने बनाउनु प्रतियोगिताको मुख्य उदेश्य रहेको आयोजक डिएम इन्टरटेनमेन्टका सिइयो डेनी मगरले बताए ।  ‘एसईई मोड हन्ट’को अन्तिम स्पर्धा यही जेठ १४ गते जमलस्थित राष्ट्रिय नाँचघरमा आयोजना हुँदैछ । प्रतियोगितामा महिला तथा पुरुषबाट एक एक गरेर दुई शिर्ष बिजेता छानिने छ । शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने प्रतियोगितामा शिर्ष बिजेताले मेघा कलेजबाट उच्च शिक्षा अध्यायनका लागि फुल स्कलरसिप, बज्र ननिताज् जिमबाट ५०, ५० हजार बराबरको ६ महिनाका लागि सुबिधा लगायत बिभिन्न गिफ्ट ह्याम्पर समेत जित्न सक्ने आयोजकले जनाएको छ ।