‘जात्रै जात्रा’लाई दर्शकको राम्रो साथ

आर्टिष्ट खबर/जेठ काठमाडौं ।

गएको शुक्रबारदेखि देशभर प्रर्दशनमा आएको चलचित्र ‘जात्रै जात्रा’ले दर्शकको राम्रो साथ पाएको छ । शनिबार बिदामा चलचित्र हेर्न आउँनेको संख्य उच्च थियो । राजभानीका जय नेपाल, सिभिल, कुमारी, बीग मुभिज, लबिम मल, छाया सेन्टरलगायतमा दर्शकको टनाटन चाप थियो। ‘जात्रै जात्रा’ले देशभरबाट सोचे भन्दा धेरै व्यापार गर्न सफल भएको छ । त्यसैगरी मोफसल तर्फ पोखरा चितवन लगायतका हलहरुमा पनि दर्शकको उच्च चाप थियो । शनिबार बिदाको दिन भएर मात्रै नभई शुक्रबार पनि उत्तिकै दर्शकको चाप रहेको चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बाँनियाले बताए ।

चलचित्र हेरेर निस्किने दर्शकहरु सबैले चलचित्र उत्कृष्ट बनेको बताएका छन् । शनिबार काठमाण्डौको गोपिकृष्ण हल पुगेका‘जात्रै जात्रा’ टिम दर्शकको भिड दखेर र प्रतिक्रिया सुनेर निकै दंग देखिएका थिए । दुइदिनमै आक्रमक व्यापारसँगै चलचित्रले बटुलेको राम्रो प्रतिक्रिया देख्दा यो चलचित्र लामो समयसम्म चल्ने अनुमान लगाउन सकिन्छ । समिक्षकबाट समेत 'उत्कृष्ट चलचित्र' भन्ने प्रतिक्रिया आएपछि चलचित्र टिम थप उत्साहित देखिएको छ ।