लण्डनको म्याडम तुसादमा प्रियंकाको मैनको स्ट्याच्यू

मुम्बई , एजेन्सी ।

आफ्नो अभिनयका कारण बलिउदेखि हलिउडसम्म तहल्का मच्चाउँदै आएकी अभिनेत्री प्रियंका चोपडाको लण्डनको म्याडम तुसादमा मैनको स्ट्याच्यू राखिएको छ । हालसम्म न्यूयोर्कदेखि लण्डनसम्म उनको स्ट्याच्यू राखिइसकेको छ । लण्डनको म्याडम तुसाद म्यूजियममाउनको मात्र नभएर अन्य हलिउड तथा बलिउड सुपरस्टारहरुको मैनको स्ट्याच्यू राखिएको छ । विश्वकै प्रख्यात पर्यटकियस्थल मानिने उक्त म्यूजियममा पुगेका मानिसहरु सबै कलाकारको स्ट्याच्यूसँग तस्वीर खिच्न ब्यस्त देखिन्छन् ।

अभिनेत्री प्रियंका मंगलबार लण्डनमा आफ्नो स्ट्याच्यूको उद्घाटन कार्यक्रममा पुगिनन् । काम बिषेशले उक्त कार्यक्रममा उनको उपस्थिती नरहेको स्रोतले बताएको छ । तर दर्शकलाई उनी त्यहाँ थिइनन् भनी पत्याउँन निकै गाह्रो परेको थियो । किनकी उनको स्ट्याच्यू हेर्दा उनीनै स्वयंम उभिएको जस्तो देखिएको दर्शकको भनाई छ । हलिउड तथा बलिउड चर्चित कलाकारहरुको स्ट्याच्यू विश्वका विभिन्न संग्राहलयमा भेट्न सकिन्छ।