‘साङ्लो’मा गाउँपालिकाको १० लाख

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अहिले निर्माण भइरहेको चलचित्र ‘साङ्लो’का लागी डोटी जिल्लाको जोरायल गाउँपालिकाले विकास बजेटबाट १० लाख रुपैयाँ दिइएको छ । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बन्दै गरेको यो चलचित्रमा गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले समेत अभिनय गरेका छन् । डोटी जिल्लामा अहिले चलचित्रको गीतको छायांकन भइरहेको छ ।

जेठ २७ गते बसेको जोरायल गाउँपालिकाको बैठकले उक्त चलचित्रलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो । चलचित्रले डोटीको पर्यटन प्रवद्र्धधनमा सहयोग गर्ने भएकाले ‘पर्यटन प्रवद्र्धन’को शीर्षकमा उक्त रकम चलचित्रलाई दिइएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताएका छन् । तर गाउँपालिकाको यो निर्णयको भने विरोध भइरहेको छ । अध्यक्षले आफूलाई विरोधको बारेमा केही थाहा नभएको बताएका छन् । उनले यो निर्णय आफ्नो एक्लो नभएर सहमतिमै भएको बताएका छन् ।

चलचित्रमा अध्यक्षले अभिनय गर्नैका लागि पनि उक्त पैसा दिएको आरोप उनलाई लागिरहेको छ । तर, उनी यस कुरालाई स्वीकार्दैनन् । चलचित्रमा नायक विराज भट्टको साथमा नायिका निकिता चण्डकको मुख्य भूमिका छ ।