चलचित्र विकास बोर्डले १० चलचित्रकर्मीलाई सम्मान गर्ने

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चलचित्र विकास बोर्डले १९औं वार्षिकोत्सवको अवसरमा १० जना चलचित्रकर्मीलाई सम्मान गर्ने भएको छ । बोर्डले सदस्य दयाराम दाहालको संयोजकत्वमा नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पु¥याएका चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशेष योगदान सम्मान २०७६’ बाट सम्मानित गर्ने भएको हो ।

गत वर्षबाट सुरु भएको पुराना नेपाली चलचित्र तथा वृत्तचित्रहरुलाई डिजिटलाईजेशन गर्ने कार्य जारी रहेको र अहिलेसम्म १० वटा नेपाली कथानक चलचित्र डिजिटलाईजेशन भइसकेको बोर्डले एक विज्ञप्तीमार्फत् जानकारी गराएको छ । वि.सं. २०५७ साल असार १६ गते स्थापना भएको चलचित्र विकास बोर्डले हरेक वर्ष १६ असारलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

चलचित्र विकास बोर्डले गएको एक वर्षमा गरेका कार्यविवरण र आउँदो आर्थिक वर्षसम्म गरिने भावी योजनाबारे पनि वार्षिकोत्सवको अवसरमा प्रकाश पारिने जारी विज्ञप्तीमा भनिएको छ। तर, लामो समयदेखि रोकिएको बोर्डको स्थापना दिवसका अवसरमा प्रदान गरिने ’राष्ट्रिय चलचित्र पुरस्कार’ यस पटक पनि नहुने भएको छ ।