‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल’को आवेदन खुल्ला

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’को आयोजना हुने भएको छ । बलिक्लब गु्रपले बलिउड सोडाउन कम्पनी मार्फत नेपालमा पहिलो पटक यो प्रतियोगीता आयोजना गर्न लागेको हो । यो प्रतियोगीता भेनेजुएलामा आयोजना हँदैछ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सोडाउन कम्पनीले प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको हो । प्रतियोगितामा १७ वर्षदेखि २७ वर्षसम्मका न्यूनतम ५ फिट ५ इन्च उचाही भएका नेपाली युवतीलेमात्र सहभागीता जनाउन पाउनेछन् ।

प्रतियोगिताको लागि धरान, धनगढी, चितवन, पोखरा, काठमाडौं लगायत स्थानबाट अडिसन मार्फत २५ प्रतियोगी छानिनेछ । २० दिनको आन्तरिक ग्रुमिङ कक्षा लगायत बिभिन्न तालिम सहित प्रतियोगिलाई अन्तिमस्पर्धामा उतारिने आयोजकले बलिउड सोडाउन कम्पनीका निर्देशक ह्यानसन गौचनले बताए । मिस ग्राण्ड इन्टरनेसनलको नेपाल निर्देशक सुरेस तामाङ रहेका छन्।