‘मालिका’का निर्माता नरबहादुर कार्की प्रहरीद्दारा पक्राउ

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चलचित्र ‘मालिका’का निर्माता तथा कलाकार नरबहादुर कार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। चर्चित अभिनेत्री रेखा थापा निर्देशित ‘मालिका’को कथा पनि उनैले लेखेका थिए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेको आरोपमा उनलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले बालुवाटारबाट पक्राउ गरेको हो। गएको वर्षदेखि एक भव्य कार्यक्रमका बीच उनी विप्लव समूहमा भित्रिएका थिए ।

गएको फागुन २८ बाट सरकारले  विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि नरबहादुरले रिस पोख्दै ‘स्टाटस’ लेख्न थालेका थिए । सामाजिक सञ्जालमा सरकार र प्रहरीलाई लक्षित गरेर आक्रोश हुदै स्टाटस लेख्दै आएपछि कार्कीलाई  प्रहरीले अनुसन्धानकालागि नियन्त्रणमा लिएको हो। उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । प्रहरीले जनाएअनुसार उनी विरुद्ध मुद्धा चलाउने फाइनल भइसकेको छ ।