नवाजुद्दिन सिद्धिकीको ‘बोले चुडिया’मा मौनीको ठाउँमा तमन्ना

मुम्बई , एजेन्सी ।

बलिउडका चर्चित  कलाकार तथा निर्माता नवाजुद्दिन सिद्धिकीको निर्माण र उनका भाइ समास सिद्धिकीको निर्देशन रहने चलचित्र ‘बोले चुडिया’बाट नायिका मौनी रोयले हात झिकेकी छिन् । उनले चलचित्रमा काम गर्ने पक्का भइसकेपछि अन्तिममा आएर चलचित्रबाट पन्छिएकी हुन्। मौनी बाहिरिए लगत्तै ‘बोले चुडिया’मा साउथकी चर्चित नायिका तमन्ना भाटिया चलचित्रकालागि फाइनल भएकी छिन् । निर्माण टिमले मौनी आफ्नो स्व: इच्छाले चलचित्रबाट बाहिरिएको बताउँदै आएका छन् ।

मौनीका कारणले चलचित्रलाई केही हदसम्म असर परेको निर्माण टिमले बताएको छ। चलचित्रको छायांकन सेडयुलबाट पछि सरेको थियो । हाल चलचित्रमा हिट चलचित्र ‘बाहुबली’ की नायिका  तमन्ना भित्रिएपछि चलचित्रको काम रफतारमा अगाडि बढिरहेको छ । नवाजुद्दिन सिद्धिकीको यो चलचित्रको नाम अर्को हिट चलचित्र 'कभी खुशी कभी गम'बाट लिइएको हो। चलचित्रले अडियन्सको मन जित्ने निर्माण टिमको बिश्वास छ।