सडक नाटक ‘हाम्रो नगर’ मञ्चन

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

सन्देशमुलक सडक नाटक ‘हाम्रो नगर’ मञ्चन गरिएको छ। नागर्जुन न. पा. वडा नं २ को ढुंगेधारा वनस्थलीमा सडक नाटक ‘हाम्रो नगर’ मञ्चन गरिएको हो । नागर्जुन नगरपालिका वडा नं. २ को सहयोगमा, आश्रय नेपालको प्रस्तुति, प्रतिभा गु्रप द्वारा प्रस्तुत सडक नाटक शुक्रबार मञ्चन गरिएको हो। निर्देशक रामकाजी घिमिरेले निर्देशन गरेको ‘हाम्रो नगर’ सडक नाटकमा कमल मैनाली, सरिता राजोउपाध्याय, विश्वदीप घिमिरे, जयराम सापकोटा, गायत्री पाण्डे, गीता थापा, शशि बुढाथोकी र रामकाजी घिमिरेको अभिनय रहेको थियो ।

नागर्जुन नगरपालिकालाई शान्ति विकास, वालमैत्री र उधमशिल नगरपालिकामा रुपान्तरण गर्नका लागी नगरबासी र नगर प्रतिनिधि सबै एक जुट भएर लागौ नेपालकै नमुना नगरपालीका बनाउ भन्ने उद्देश्यका साथै नगरवासीहरुको आय आर्जनमा घरमा कौसी, बार्तली, बगैचामा तराकारी बाली लगाई आय आर्जनमा वुद्धि गरौ र एकले अर्कालाई मदत गर्ने बानी बसाल्दै नगरको विकासका काममा र सरसफाईमा सबैको समान सहभागीता जनाउन अभिप्रेरीत स्वरुप सडक नाटक प्रस्तुत गरिएको हो ।आगामी वर्ष यो नाटकलाई नगरको सबै वडामा प्रर्दशन गरी स्थानिय जनतालाई नगरको विकासमा सचेत गराउने कुरा आश्रय नेपालका राजेन्द्र पोखरेलले जानकारी गराए ।