बिवाह गर्ने सोचमा रहेकी सुस्मिताको प्रेमीसँग ब्रेकअप

मुम्बई , एजेन्सी ।

सन् १९९४ मा 'फेमिना मिस ईन्डिया'को टाईटल समेत हात पारेकी एक समयकी चर्चित बलिउड अभिनेत्री सुस्मिता सेनको प्रेमी रोहमनसँग ब्रेकअप भएको खबर सार्वजनिक भएको छ। भारतिय मिडियाले उनीहरुको सम्बन्ध अब नरहेको बताएको छ। आफूभन्दा १५ वर्ष कान्छा प्रेमीसँग प्रेममा रमाइरहेकी सुस्मिता सरल र बिन्दास जीन्दगी बिताउदै आएकी थिइन् । हाल बलिउडमा यदाकदा मात्रै नाम सुनिने उनी कान्छा प्रेमीकै कारण सञ्चार माध्यममा छाइरहेकी थिइन् । कही समयअघि ‘फिल्म जर्नालिस्ट अवार्ड’ मा सहभागि भएकी सुस्मिता उक्त कार्यक्रममा प्रेमी रोहमनसँग पुगेकी थिइन् । त्यहीबेला देखिनै उनीहरुको प्रेमको बिषयलाई लिएर मिडियाले बिभिन्न समाचार सार्वजनिक गर्दै आएको थियो । महिना अगाडि आफ्नो रिलेसनसिप ओपन राख्दै आएका सुस्मिता र रोहमनले सोसल मिडियामा बिभिन्न रोमान्टिक फोटोहरु पोष्ट गर्दै आएका थिए । तर अहिले आएर यि दुईको प्रेम समाप्त भएको छ।

हालचालै सुस्मिता आफ्ना भाईको बिवाहका कारण चर्चामा छिन् । उनको ब्रेकअप उनका भाई राजीव सेनको बिवाहकै समयमा भएको हो। सुस्मिताका प्रेमी रोहमनले आफ्नो इन्स्टाग्राम स्टोरीमामा सुस्मितासँग उनको सम्बन्ध राम्रो नरहेको लेखेका छन् । उनले सुस्मिता देखि बिभिन्न कारणले गर्दा आफुलाई दिक्क लागेको बताएका छन् । 'अब २४ घण्टा सम्ममात्र म तिम्रो कुरा सुन्नेछु। त्यो समयसम्म तिमी म सँग कुरा गर' भन्दै उनले स्टोरी हालेका छन्। यता सुस्मिताले भने प्रेमी रोहमनलाई सोसल मिडियाबाट पन्छाउदै आएकी छिन् । भाईको  बिवाहपछि आफूपनि बिवाह गर्ने सोच्दै आएकी सुस्मिताले हाल ब्रेकअपको सामना गर्नु परेको छ ।एक फेशन शोको क्रममा सुस्मिता र रोहमनको भेट भएको थियो ।

सन् १९९६ मा चलचित्र दशतक मार्फत बलिउडमा डेब्यू गरेकी सेनले थुप्रै हिट चलचित्रमा अभिनय गरेकी छिन् । उनी अभिनित चलचित्र 'मे हु ना','मे ने प्यार क्यू किया','आखेँ','बिवी नं वन' जस्ता थुप्रै चलचित्र हिट भएका थिए ।