आइफा अवार्ड विवादः नेपाली कलाकारले पोखे यस्तो आक्रोश (video report)

आर्टिष्ट खबर/ असार,काठमाडौं ।

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा हुने भनिएसँगै अहिले सरकारको चर्को आलोचना भइरहेको छ । यस भारतीय फिल्म अवार्ड काठमाडौंमा गर्न स्वीकृति दिने निर्णय साउन ८ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको थियो । भारतको अवार्डलाई नेपाली पैसा किन दिने भनेर अहिले सामाजिक सञ्जालमा नेपाली चलचित्रकर्मि तथा अन्यले आलोचना गरिरहेका छन् ।

सरकारले नेपालको अन्तर्राष्ट्रिय प्रचार हुने र पर्यटन उद्योगलाई फाइदा पुग्ने अपेक्षा स्वरुपमा सकारात्मक रुपमा लिएको छ तर अधिकांश नेपाली चलचित्रकर्मिहरुले यदि नेपाली पैसा खर्च नगरी यस अवार्ड नेपालमा सम्पन्न गरिन्छ भने त्यो उपर्युक्त हुने तर्क दिएका छन् । नेपाली चलचित्रको प्रमोशनका लागी एक रुपैंया खर्च नगर्ने सरकारले बिदेशी अवार्डका लागी करोडौं खर्च गर्न तम्सिनु लाचमर्दो भएको तर्क समेत धेरैले दिएका छन् । सरकारको तर्फबाट आधिकारीक खर्च नखुलाइएपनि अवार्ड आयोजनाका लागि नेपालले कम्तिमा एक अर्ब खर्च गर्ने र त्यसबाहेक करिब ४५ करोड रुपैयाँ काठमाडौं महानगरपालिकाले आइफालाई नगद दिने समाचार बाहिर आएका छन् । मन्त्रिपरिषदले गरेको निर्णयमा पर्यटन बोर्डको नेतृत्वमा अवार्ड आयोजना गर्ने र काठमाडौं महानगरपालिका सहआयोजक रहने बताइएको छ । यसैबिच केहि नेपाली चलचित्रकर्मिले आइफा अवार्ड नेपालमा हुने भन्ने खबर सुनेसँगै दिएका प्रतिक्रिया यस्ता छन् ।

-सरकारको लगानी ब्यर्थैः भूवन केसी

‘‘यस्तो अवार्ड नेपालमा हुनु नराम्रो होइन तर नेपाल सरकारले करोडौं पैसा खर्च गर्ने कुरा आइरहेको छ त्यो ब्यर्थै हो । यति ठुलो धनराशी बिदेशी अवार्डलाई खर्च गर्नुभन्दा नेपालकै फिल्म क्षेत्रमा खर्च गर्ने हो भने हाम्रो नेपाली फिल्म क्षेत्र पनि फराकिलो बन्न सक्थ्यो । बरु त्यो पैसा नेपाली फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउनका लागी अन्य उपाय खोज्न सकिन्छ तर अवार्डमा खर्च गरेर उपलब्धि देख्दिन ।’’

-थोरै पाउन धेरै खर्च किनः करिश्मा मानन्धर

‘‘बिदेशको अवार्ड नेपालमा भित्राउन नराम्रो कुरा होइन, यो कुरामा सकारात्मक छु । तर सरकारले जुन रुपमा ठूलो बजेट यो अवार्डलाई दिँदै छ त्यो कुरा सरानिय भएन । अहिले सम्म नेपाली फिल्म क्षेत्रका लागी सानो रकम पनि नछुट्टाएको सरकारले यति ठूलो बजेट बिदेशी फिल्मका लागी दिएर नेपाललाई के फाइदा ? केहि हदसम्म नेपालको प्रचार होला तर निकै कम उपलब्धि पाउनका लागी ठूलो खर्च गरिदैछ ।’’

-बरु हलिउड फिल्म सुटिङमा खर्च गरौंः केदार घिमिरे

‘‘नेपाली चलचित्रको सुटिङ गर्न स्टुडियो नबनाउने, नेपाली कलाकारको मृत्युहुँदा पैसा उठाएर अन्त्यष्टि गर्नुपर्ने, तर बिदेशी कलाकार पुरस्कृत हुने गरी सरकारले ठुलो रकम खर्च गर्ने निर्णय गर्नु मलाई ठिक लागेन । पर्यटन प्रबद्र्धनमा ठुलो टेवा पुग्छ भन्ने कुरा जुन सुनेको छु त्यसका लागी नेपालको पुर्वाधारनै ठिक हुनुपर्छ । काठमाडौंको धुलो ब्यवस्थापन गर्न नसक्ने अनि पर्यटक बोलाउन खोजेर हुँदैन । एउटा पर्यटक काठमाडौंको बिच सडकमा बसेर माक्स लगाएर ‘यहाँ त कत्ति धेरै धुलो’ भनेर फेसबुकमा फोटो हाल्दा कस्तो नकारात्मक सन्देश फैलिन्छ ? त्यो बुझनु जरुरी छ ।

अर्को कुरा पर्यटन प्रबद्र्धनमा जोड दिन खोजिएकै हो भने बिदेशी अवार्डमा ठुलो रकम खर्च गर्नुभन्दा बरु कुनै हलिउड चलचित्र नेपालमा सुटिङ गरियोस् जुन नेपालका लुम्बिनी, सगरमाथा जस्ता ठाउँको प्रमोट होस् जसलाई बिश्वले चिनोस् । त्यस्ता फिल्मलाई बरु २० करोड नै दिउँ त्यो फाइदा हुन्छ ।’’

-पहिले नेपाली फिल्ममा खर्च गरौंः रेजिना उप्रेती

‘‘नेपाली फिल्मको यस्तो अवस्थामा बिदेशी फिल्मको कार्यक्रममा पैसा दिनु लगत हो । नेपाल सरकारले यो काम गर्नै नहुने भनेको होइन तर समय यो होइन जस्तो लाग्छ । किनकी अहिले नेपाली फिल्मको अवस्था यस्तो छ कि कुनै कलाकारको मृत्य हुँदा सबैसँग पैसा उठाउनु पर्ने अवस्था छ । एउटा फिल्म सुटिङ गर्ने स्टुडियो छैन। यस्तो अवस्थामा नेपाली जनताले तिरेको करको बजेट बिदेशी फिल्मका लागी छुट्टाउने राम्रो कुरा होइन ।’’

-गरिब मुलुकले धेरै खर्च नगरौंः लय संग्रौला

‘‘अहिले नै सरकारले यति खर्च गर्ने भन्ने निर्णय भइसकेको त छैन तर ४० औं करोड खर्च गर्ने भन्ने कुरा सरकारको निर्माण नै हो भने यो राम्रो होइन  । किनकी हाम्रो सानो मुलुकले यति ठुलो बजेट बिदेशी फिल्म कार्यक्रमका लागी खर्च गरेर फाइदा देखिदैन । केहि रकम खर्च गरौं अवार्ड कार्यक्रम गरौं ।’’

यो समाचार आजको हिमालय दैनिकमा प्रसारण गरिएको छ ।

video report: