लमजुङमा बन्ने भयो अन्तर्राष्ट्रिय स्तरको ‘स्मार्ट फिल्म सिटी’

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

लमजुङको बेंशीसहर नगरपालिकामा निकै ठूलो लागतमा अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ । बुधबार सूचना तथा सञ्चार मन्त्रालयको सभाकक्षमा ‘स्मार्ट फिल्म सिटी’ निर्माणका लागि नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा.लि.र इटालियन कम्पनी वर्ल्ड एरिया होल्डिङ कम्पनीबीच सहमती पत्रमा हस्ताक्षर भएको छ ।

फिल्म सिटी लमजुङको बेसीसहर नगरपालिकाको वडा नं. ३, ४, ५ र ९ को ५ हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको बताएको छ । नेपालको पहिलो, ठूलो र अन्तर्राष्ट्रिय स्तरको उक्त फिल्म सिटी निर्माण सम्पन्न भए यो विश्वकै अग्लो स्थानमा भएको स्मार्ट फिल्म सिटी बन्नेछ । सो क्षेत्र दुई हजार ६० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइमा रहेको छ । स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्टका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए अनुसार सिटीका लागि लागत भने अनुमानित ५ अर्ब ९० करोड लाग्नेछ । ५ देखि ७ वर्षमा पूरा हुने अनुमान गरिएको यस फिल्म सिटीको नाम ‘वर्ल्ड स्काई सिने भिलेन नेपाल’ राखिएको छ । चाँडै फिल्म सिटीको डिपिआरको काम हुने सम्झौता कार्यक्रममा वर्ल्ड एरियाका प्रमुख फ्रानसिस्को सिग्निरियल्लोले जानकारी दिए ।

बुधबार काठमाडौँमा विश्वस्तरको अत्याधुनिक प्रविधिसहित झण्डै १६ वटा फिल्म छायाङ्कन स्थल निर्माण गर्ने लक्ष्यसहित उक्त परियोजना सञ्चालनका लागि नेपालको स्काइ इन्टरटेनमेन्ट प्रालीका अध्यक्ष आकाश अधिकारी र इटालियन कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिङ्नोरिल्लोबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। निर्माता तथा निर्देशक समेत रहेका अधिकारीले यस फिल्म सिटीले नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अठोट गरे ।