ऋषि कपुरलाई भेट्न न्यूयोर्क पुगे अर्जुन र मलाइका

मुम्बई,एजेन्सी ।

गहिरो प्रेम सम्बन्धमा रहेका अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडा यतिबेला न्यूयोर्कमा छुट्टी मनाउँदै रमाइलो गरिरहेका छन्। एक-अर्काको प्रेममा लिप्त भएको यो जोडी विभिन्न स्थानमा सँगै देखिने गर्छन्। सम्बन्धका कारण समाचारका हेडलाइन बन्दै आएका उनीहरु अभिनेता ऋषि कपुर र उनकी श्रीमती नितू कपुरलाई भेट्न पुगेका छन् ।

ऋषि कपुर श्रीमती नितू कपुरको साथमा केही समयदेखि न्यूयोर्कमा रहँदै आएका छन् । भेटघाटका क्रममा लिएको एक तस्बिर नितूले सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । मलाइका र अर्जुनले उक्त तस्बिर सेयर गरेका छन् । नितूले क्याप्सनमा 'हाम्रा बच्चा अर्जुन र मायालु मलाइकासँग एउटा रमाइलो साँझ’ लेखेकी छिन् । मलाइका र अर्जुनले कमेन्टमा धन्यवाद दिएका छन् ।