आर्यनसँग दीपाश्रीको ठुम्का (तस्वीर)

आर्टिष्ट खबर/ असार,काठमाडौं।

आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हजार जुनीसम्म’को एक गीत रिलिज हुने तयारीमा छन्। जुन गीतमा नायक आर्यन सिग्देलसँग दीपाश्री निरौलाले नृत्य गरेकी छिन् । आर्यन र दीपाको नृत्य रहेको गीतको केहि तस्वीर निर्माण टिमले सार्वजनिक गरेको हो ।

यस्तै भिडियोमा शिवहरी पौडेललाई पनि देख्न सकिनेछ। गीतमा दीपाले ‘भट्टीको साहुनी’को रुपमा आइटम नृत्य गरेकी छिन् । यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ । गीतमा नायिका स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी लगायतलाई यो भिडियोमा देख्न सकिनेछ।

कविराज गहतराजले कोरियोग्राफी रहेको गीत पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । ‘आज नगद भोली उधारो’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत, प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ । नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् ।

चलचित्रमा संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ । चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी चलचित्रकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।