ज्योतिष हरिहर अब ‘कबीर सिंह’ बन्दै

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ असार, काठमाडौं । </span></pre><p style="text-align: justify; ">बलिउडमा केहीबर्ष देखि साउथ चलचित्रको हिन्दी रिमेक बन्दैआइरहेको छ। पछिल्लो समय मात्र &nbsp;सुपरहिट तेलगु चलचित्र 'अर्जुन रेड्डी'को हिन्दी रिमेक 'कबिर सिंह'ले बक्सअपिसमा आक्रमक ब्यापार गर्नुका साथै साहित कपूरको फिल्मी करिअरलाई माथि उठाइदिएको छ। चलचित्रले चौतर्फी चर्चा बटुलिरहेको छ। कबिर सिंह 'अर्जुन रेड्डी'को आधिकारिक रुपमा निकै महँगो रकम दिई कपि राइटस किनेर निर्माण गरिएको हो । यस्तै यो&nbsp;&nbsp;तेलगु चलचित्रको आधिकारिक कपि राइटस किनेर नेपाली चलचित्र निर्माण गरिने जानकारी प्राप्त भएको छ। भारु १० लाखमा एक नेपाली कम्पनीले रिमेक अधिकार लिएको जानकारी प्राप्त छ। तलेगु चलचित्रको नेपाली रिमेक भर्सनका लागि भने युवा ज्योतिष हरिहर अधिकारी छानिएका छन् ।&nbsp;</p><p style="text-align: justify;">विदेशी चलचित्रको कथा लिएर हालसम्म निकै नेपाली चलचित्र बनिसकेका छन्। तर अहिले सम्म कुनै चलचित्रले कपि राइटस भने किनेको थिएन। नेपाली भाषामा बन्ने 'अर्जुन रेड्डी' पहिलो चलचित्र हो जुन कपि राइटस किनेर निर्माण गरिने भएको छ । यसअघि चलचित्र 'शुभ लभ' मा हिरो बनेका हरिहर अब कबिर सिंह बन्ने तयारीमा जुटिरहेका छन् । उनी आफ्नो ज्यान बनाउँन खानपानमा ध्यान दिनका साथै जिम जान थालेका छन् । उनले कपाल र दाह्री पनि बढाइरहेका छन् । डेब्यू चलचित्र 'शुभ लभ'बाट सफलता हात पार्न नसकेका हरिहर 'अर्जुन रेड्डी'को नेपाली रिमेकबाट निकै आशावादी रहेका छन् । 'अर्जुन रेड्डी'मा साउथ अभिनेता विजय देवराकोन्डाको मुख्य भूमिकामा थिए उनलाई यस चलचित्रले निकै हिट बनाएको थियो भने 'कबिर सिंह'ले साहितलाई फेरी बलिउडमा धमाकेदार इन्ट्री गराएको छ। दुबै चलचित्र सुपरहिट&nbsp;बनिसकेको छ । अब नेपाली रिमेकले हरिहरलाई र उनको फिल्मी करिअरलाई कुन हदसम्म पुर्याउँला?</p>