चलचित्रकर्मिको परिवारलाई शिक्षामा बिषेश छुट

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चौधरी ग्रुपद्वारा सञ्चालित क्याम्पियन काठमाडौँ  सेकेण्डरि बिद्यालय गहना पोखरीले चलचित्रकर्मीहरु तथा उनीहरुका परिवारलाई शिक्षामा बिशेष छुट दिने भएको छ। कक्षा १२ सम्म सम्पुर्ण शुल्कमा ३० प्रतिशत छुट दिने सम्झौता नेपाल चलचित्र निर्देशक समाज सँग गरेको हो।

सम्झौता पत्रमा निर्देशक समाजको अध्यक्ष तथा नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ र क्याम्पियन बिद्यालयको प्रीन्सिपल खेमराज देवानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। उक्त सम्झौता हाललाई २ बर्षको लागी गरिएको छ। ‘नेपाली चलचित्रकर्मीहरु  सबैजनाले महँगो खर्च तथा महँगो शुल्क तिरेर आफ्नो बालबच्चा लाई पढाउन सक्छन् भन्ने छैन त्यसैकारण चलचित्रकर्मीहरुका परिवारहरु लाइ  शिक्षामा केहि सहुलियत भए उनीहरुका परिवारमा धेरै राहत हुन्छ ।’ अध्यक्ष सुचित्राले भनिन्।

उनि भन्छिन ‘यो सुबिधा चलचित्र निर्देशकको सन्तानको लागी मात्र होइन सम्पूर्ण चलचित्रकर्मीका बालबच्चाहरुको लागी पनि लागु हुन्छ ।’ सम्पूर्ण चलचित्र सघ संस्थाहरुलाई पत्राचार गरि  सुबिधा लिन जानकारी गराउने सुचित्राले बताइन्। त्यस्तै गरि चलचित्र निर्देशकहरुलाई ५० प्रतिशत र एकै परिवार सदस्यलाई २५ प्रतिशत स्वास्थमा छुटका लागी  स्वास्थ्य संघ संस्थाहरुसग समेत कुरा भैरहेको श्रेष्ठले जानकारी गराइन्।

नेपाल चलचित्र निर्देशक समाजले इत्तिहाद एयरवेज सँग पनि सम्झौता गरेर सम्पुर्ण चलचित्रकर्मीहरुलाई देश बाहिरको उडानमा २० प्रतिशत छुट दिनेगरी सम्झौता गरिएको थियो । संचारकर्मी समेत रहेकी निर्देशक समाजको अध्यक्ष तथा नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठले बिगत लामो समय देखि चलचित्रकर्मीहरुको हकहितमा काम गर्दै आएकी छिन भने सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छिन्।