निर्माताहरुले शाहिदकोलागि ३० करोड भारु लगानी गर्लान् ?

मुम्बई,एजेन्सी ।

बलिउड अभिनेता शाहिद  कपुर एक समयका निकै डिमान्डेड अभिनेता हुन्। तर बिवाह गरेपछि उनलाई चलचित्रमा क्षेत्रबाट लोद्दर लागेको थियो। उनलाई आश लााग्दा चलचित्रबाट अफर आउन छोडेको थियो । राम्रो चलचित्रबाट अफर आउँन छोडेपछि उनी परिवारसँगै दिन बिताउदै आएका थिए । जब उनलाई चलचित्र ‘कबिर सिंह’को अफर आयो तब देखिनै उनको अस्ताएको नाम उदाउँँदै आयो । उनको डाउन भएको करिअरले कोल्टे फेर्यो । लबस्टोरी फ्लेवरको यस चलचित्रमा उनले दमदास प्रस्तुती दिए । जब चलचित्रको गीत र ट्रेलर रिलिज भयो तबदेखि शाहिदको अभिनयले अडियन्ससँगै चलचित्र समिक्षकको समेत होस उडेको थियो। अडियन्सलाई हलमा गएर चलचित्र हेर्न हतार भइसकेको थियो। २१ जुन शुक्रवारबाट प्रर्दशनमा आएको यस चलचित्रले शान्दार ओपनिङ गर्दै प्रर्दशनको पहिलो दिनमै भारतमा २० करोड २१ लाख कमाएको थियो। दोश्रो दिन गर्दै लगातार आक्रमक ब्यापार गर्दै आएको यो चलचित्र यस वर्षको सबभन्दा चाँडो दुई सय करोड कमाउने पहिलो सुचीमा पर्न सफल भएको छ । चलचित्र ‘कबीर सिंह’ले प्रर्दशनको तेह्रौं दिनमा २ सय करोड कमाउन सफल भएको हो। यसअघि उनी अभिनित कुनैपनि चलचित्रले सय करोड सम्म कमाउन सकेको थिएन ।

यो सफलतापछि अभिनेता शाहिद कपूर अहिले चर्चाको शिखरमा छन्। उनी चलचित्रको सफलताबाट निकै खुसी भएको बताउँछन्। साथै ‘कबीर सिंह’को सफलतापछि बलिउड इन्डस्ट्रीमा शाहिदको अचानक डिमान्ड बढेको छ । उनले चलचित्रमा आफूले लिदै आएको पारिश्रमिक भन्दा निकै मात्रामा पारिश्रमिक बढाएका छन् ।

भारतिय एक मिडियाका अनुसार अभिनेता कपूरले आफ्नो पारिश्रमिक ३ करोड भारुबाट बढाएर ३० करोड भारु पुर्‍याएका छन् । त्यस्तो त आजभोली उनलाई एक से एक चलचित्रबाट अफर आइरहेका छन्। चलचित्रसँगै उनलाई राम्रो ब्राण्डको बिज्ञापनमा समेत अफर आइरहेको छ। ‘कबिर सिंह अघि थन्किएर बसेका शाहिदलाई यसरी चलचित्रको ओइरो लागेपछि उनले आफ्नो डिमान्ड ह्वात्तै बढाएका हुन् । उनले ‘कबिर सिंह’को लागि ३ करोड भारु पारिश्रमिक लिएका थिए भने अब आगामी चलचित्रमा ३० करोड भारु पारिश्रमिक लिने बताइसकेका छन्। तर यसबाट उनलाई भष्यिमा घाटैघाटा देखिएको छ। यति धेरै पारिश्रमिक माग गरेका कारण निर्माताहरुले उनलाई चलचित्रमा नलिने अनुमान गर्न सकिन्छ। उनमा निर्माताहरुले त्यति ठूलो रकम लगानी गर्न आँट गर्दैनन्। बलिउडमा आफुलाई टिकाइराख्ने हो भने  शाहिद पारिश्रमिक घटाउन बाँध्य हुन्छन् ।