छविकी जेठी श्रीमती हेमाले दिइन् बहुविवाहको उजुरी

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

केहिदिन यता चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबिचको घरायसी विवादले थप समस्या निम्त्याउने भएको छ । निर्माता छविराजकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले श्रीमान् ओझा र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी छन् । दुई सन्तान राजिव र मेहेशकी आमा रहेकी उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन् ।

अधिकवत्ता स्वागत नेपाललाई साथ लिएर उनी उजुरी दर्ता गर्न प्रहरी वृत पुगेकी थिइन् ।  यसअघि शिल्पा र छबि बिचको बिवाद एकआपसमा मिल्ने भएसँगै प्रहरीले सुल्झाएको थियो । तर शिल्पाले डिभोर्स मागेको र छविले डिभोर्स नदिने भन्ने चर्चा अझैपनि चलिरहेको थियो ।