जापानमा ‘बिर बिक्रम २’प्रदर्शनमा

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

हाल जापानमा चलचित्र ‘बिर बिक्रम २’को प्रदर्शन सुरु भएको छ। नेपालपछि लण्डनमा प्रर्दशन भएको यस चलचित्रको जापान प्रदर्शनकोलागि यस चलचित्रका सबै कलाकार तथा निर्देशक हाल जापानमा छन् । नायिका बर्षा सिवाकोटी, नायक पल शाह, कलाकार बुद्धी तामाङ, निर्देशक मिलन चाम्स लगायत जापान पुगेका छन् । चलचित्रका निर्देशक मिलन चाम्सले ‘बिर बिक्रम २’को प्रदर्शन जुलाई २८ तारिकमा जापानको नगोयाबाट सुरु भएको बताएका छन्। नेपाल र लण्डनमा जस्तै जापानको नगोयाजुमा पनि ब्यान्ड बाजासहित चलचित्रको ग्राण्ड प्रिमियर गरिएको थियो ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण गरिएको चलचित्रमा मुख्य भूमिकामा नाजिर हुसेन, पल शाह, बुद्धि तामाङ, वर्षा सिवाकोटी रहेका छन् भने चलचित्रमा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ। अर्पण सापकोटा निर्माता रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। सुदीप बरालको छायांकन र बनिष शाहको सम्पादन रहेको चलचित्र अजरबैजानको रमणीय लोकेशनमा खिचिएको छ ।  चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।