दोश्रो ‘एपिक नेपाल म्युजिक’ अवार्ड हुने

आर्टिष्ट खबर/साउन, काठमाडौं ।

एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ काठमान्डौँमा हुने भएको छ। 'कला र गला संरक्षण हाम्रो अभियान ,अग्रजलाई सम्मान नवलाई प्रोत्साहन' भन्ने नाराका साथ यो अवार्ड हुँदैछ। अवार्डमा नेपाली लोकदोहोरी,आधुनिक,पप,लोकपप र काठे र देउडा समाबेश गरिएको आयोजकले जनाएको छ। २०७५ साल जेष्ठ १ गते देखी २०७६ असार मसान्त सम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने एपिक नेपाल म्युजिक प्रा.लि.का अध्यक्ष अमन श्रेष्ठ द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

अवार्डको फाईनल राजधानीमा सम्पन्न गरिने भएको छ। अवार्ड फाईनलको दिन नेपाली गीत सङ्गीत क्षेत्रका बरिष्ठ व्यक्तिलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।साथै नेपाली गीत संगीतको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई एपिक कला पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ। आवेदन फारम एपिक नेपालको कार्यालयमा पाइने उनले जानकारी दिए।