दीया मिर्जाको डिभोर्स ! ११ बर्षको बैवाहिक जीवनको अन्त्य

मुम्बई, एजेन्सी ।

केही समयकी निकै चर्चित अभिनेत्री दीया मिर्जा र उनका पति साहिल संघाले आफ्नो बैवाहिक जीवनलाई टुङ्गो लगाउने निधो गरेका छन्। उनीहरु सन् २०१४ मा बिवाहवन्धनमा बाँधिएका थिए। उनीहरुको ११ बर्षसम्मको लामो बैवाहिक जीवन समाप्त हुने भएको छ । यसअघि कुनै प्रकारको खटपट नसुनिएको अवस्थामा एकै पटक उनीहरुको डिर्भोस हने खबरले यतिबेला बलिउड निकै तातेको छ । यत्तिका बर्षसम्म कहिले पनि यो जोडीको सम्बन्धमा दरार आएको खबर एक पटक पनि सार्वजनिक भएको थिएन। यि दुबैजनाले आफ्नो सामाजिक सञ्जालमार्फत बैवाहिक जीवन टुंग्याउने जानकारी दिएका छन् । उनीहरु दुबैले सहमतिमा यो निर्णय गरेका हुन् ।

उनीहरुले इन्स्टाग्राममार्फत ११ बर्षसम्म एकअर्कासँग जीवन बिताएको र हाल  सहमतिमै छुट्टिने निर्णय गरेको बताएका छन्। आगामी दिनहरुमापनि एकअर्काको राम्रो साथी बनेर रहने र एकअर्कालाई उत्तिकै सम्मान र इज्जत दिने बताएका छन्। दीयाले लेखेकी छिन् 'हाम्रो जीवनको बाटो अलग भएपनि म उहाँलाई उत्तिकै सम्मान गर्नेछु ,उहाँका लागि सदैव आभारी हुनेछु।' अब यस विषयमा कुनैपनि कुरा गर्न नचाहेको बताउँदै दीयाले साथीभाइ, परिवार र आफन्त जनलगायत मिडियालाई समेत धन्यवाद दिएकी छिन्। डिर्भोस हने कारण भने उनीहरुले खुलाएका छैनन्।