यसबर्ष गाईजात्रा सातै प्रदेशमा देखाइने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

विगतमा काठमाण्डौंमा मात्रै देखाइने गाईजात्रा यसबर्ष गाईजात्रा सातै प्रदेशमा देखाइने भएको छ । यसबर्ष उपत्यका बाहिरका बिभिन्न प्रदेशका मुख्य शहरहरुमा गाईजात्रा देखाइने सोमबार राजधानीमा आयोजीत कार्यक्रममा जानकारी गराइयो। ब्राण्डवर्थ प्रालिले ‘सिग्नेचर प्रदेश प्रदेशमा गाईजात्रा’ नाम दिइएको कार्यक्रम १० दिनको हनेछ । कार्यक्रम प्रदेश नम्बर १ को बिराटनगरमा यही साउन ३१ गतेबाट शुरु भएर धनगढी हुँदै काठमाण्डौमा अन्त्य हुनेछ। कार्यक्रममा प्रख्यात हाँस्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुला साग), रवि डंगोल, यमनश्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुवोध गौतम, सन्ध्या बुढा, (काउली बुढी), सुमन कार्कीले प्रस्तुती दिने छन्। साथै यो टिममा डान्सर रुविना अधिकारीपनि रहेकी छिन् ।

कार्यक्रममा हाँस्य अभिनेता मनोजले गाईजात्रालाई आफूहरुले देशको पर्वको रुपमा मान्दै आएको बताए । ‘हामीले देशको पर्वलाई देशैभरी लैजानुपर्छ भन्ने लागेर सातै प्रदेशमा जान लागेका हौं । ’ मनोजले भने । ‘बिकृती र बिसङगती जताजता हुन्छ, हाँस्यब्यङ्ग्य त्यता त्यता जान्छ। हाँस्न पाउनु सबै नेपालीको अधिकार हो।’त्यसैगरी चर्चित हास्यकवि शैलेन्द्र सिम्खडाले ब्यङ्ग्यात्मक शैलीमा भने, ‘राजनीतिले बाँडेको छ सात प्रदेशमा यो देश, संस्कृतिले जोडेको छ हिमाल, पहाड, मधेश,विकाश जान ढीला भयो सिमेन्ट, पाइप, डण्डी, अलकत्रा, संस्कृतिले पाइला सार्यो प्रदेश प्रदेशमा गाईजात्रा।’ब्राण्डवर्थ प्रा.लि.ले आयोजना गर्ने यस कार्यक्रममा  मुलुकभरका ५ हजारदेखि ७ हजार दर्शकले प्रत्यक्ष रुपमा मनोरञ्जन प्राप्तगर्ने अपेक्षा रहेको आयोजक ब्राण्डवर्थ प्रालिका कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिए।