‘साहो’सँग डराएन ‘मारुनी’, निर्मात्री भन्छिन् ‘भिड्न तयार छौँ’

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नवल नेपालद्दारा निर्देशित चलचित्र ‘मारुनी’को ट्रेलरले दर्शकहरुलाई चलचित्र हेर्न आतुर बनाएको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रको ट्रेलरमा पुष्पलाई पाउँन साम्राज्ञी जुन हदसमपनि पुग्न सक्न देखाइएको छ।  ट्रेलरहेरीसकेपछि दर्शकहरुले दिएको प्रतिक्रियालाई मुल्याकंन गर्ने हो भने साम्राज्ञीको भूमिकाले हलसम्म दर्शकतान्ने अनुमान गर्न सकिन्छ।

रोचक बिषय के छ भने यो चलचित्र बाहुबली स्टार प्रभासको बलिउड चलचित्र ‘साहो’सँग भिड्ने भएको छ। भाद्र १३ गते प्रर्दशनमा उत्रिने भनिएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ‘साहो’को डरले असोज ३ गते पुगेको चर्चा सिने वृत्तमा सर्वत्र छ। 'मारुनी'सँग भिड्न तयार चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ 'साहो'ले गर्दा पछि सरेको हो । शुरुमा 'साहो'ले साउन ३० गते लाई प्रर्दशन मिति तोकेको थियो। सोही मितिमा जोन अब्राहमको ‘बाल्टा हाउस’ र अक्षय कुमारको ‘मिसन मंगल’सँगै आउँने भएपछि 'साहो'को प्रर्दशन मिति भदौ १३ गतेलाई सर्यो । यस्ले नेपाली चलचित्रमा निकै प्रभाव परेको देखियो । किनकी सुरुमा विकास आचार्यको चलचित्र ‘हजार जुनीसम्म’को प्रर्दशन मिति साउन ३१ लाई तोकिएको थियो । साउन ३० गते प्रभास साहो प्रर्दशनमा उत्रिने भएपछि ‘हजार जुनीसम्म’ध केलिएर भदौ ६ गतेलाई सरेको थियो। फेरी ‘साहो’ भदौ १३ गतेलाई सरेपछि नेपाली चलचित्र ‘हजार जुनीसम्म’ फेरी फर्केर पुरानै मिति साउन ३१ मा आइपुगेको छ।

यसैबीच चलचित्र ‘मारुनी’ले भने आफ्नो प्रर्दशन मिति हेरफेर गरेको छैन्। भदौ ६ गते नै  ‘मारुनी’प्रर्दशनमा उत्रिनेछ। ६ महिना अगाडी नै प्रर्दशन मिति तय गरिएको ‘मारुनी’को कुनै हालतमा प्रर्दशन मिति हेरफेर नहुने निर्माता पुनम गौतमले बताएकी छिन् । उनले साहोको कारण आफुहरु पछि नहट्ने बताइन्। चलचित्र जुध्ने बिषयलाई लिएर कुनैपनि गुनासो नभएको उनले स्पष्ट बताएकी छिन् । यसमा डराउने भन्दा पनि आफ्नो प्रोडक्टमाथि आफुले विश्वास गर्न जान्नुपर्छ भन्ने उनको भनाई छ। ठूलो लगानीमा बनेको चलचित्रले ‘साहोको कारण नेपाली चलचित्रलाई पछि नसार्ने उनको भनाइ छ। तिजको माहोलमा प्रर्दशनमा आएको यस चलचित्रले दर्शकको राम्रो प्रतिक्रिया पाउँनेमा ‘मारुनी’ टिम बिश्वस्त छन् । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ, पुष्प खड्काको मुख्य अभिनयसँगै चलचित्रमा अर्जुन श्रेष्ठ, आयुष प्रधान, विनोद भट्टराई, शंकर सेदै, सुशिल क्षेत्री लगायत कलाकारको पनि अभिनय रहेको छ।