डराउँदैै पछिसर्दै ‘दयारानी’

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘दयारानी’ले प्रदर्शन मिति दुईपटक सारिसकेको छ । तर पनि अझै स्थिर भएको देखिदैन । सुरुमा जेठ १० र त्यसपछि साउन ३० का लागी सरेको यो चलचित्र अन्य चलचित्रसँग डराउँदै पछिपछि सरेको देखिन्छ । साउन ३० गते ‘हजार जुनीसम्म’ चलचित्र प्रदर्शनमा आउने भएपछि डराएर प्रदर्शन मिति सारिएको बुझिएको छ । यो चलचित्र अब फागुन ९ गते प्रदर्शन हुने भनिएको छ । तर दर्शकलाई हामी यो मिति सर्दैन भन्न भने सक्दैनौं ।

किनकी निर्माण टिम आफैमा अन्योल छ कि,कुनै अन्य ठूला चलचित्र फेरी यति मितिमा आइदिने पो होकि। दयारानीमा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भूमिका छ। चलचित्र माओत्से गुरुङले निर्देशन गरेका हुन्। चलचित्रको कथा निर्देशक गुरुङ स्वयम्ले लेखेका छन्। चलचित्रमा दया र दीयासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ। चलचित्र शैलेन्द्र डि. कार्कीले खिचेका हुन्। यसमा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् । लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ ।