चलचित्र पत्रकार संघले पोखरामा तीन दिने कार्यशाला गर्ने

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ साउन, काठमाडौं </span></pre><p style="text-align: justify;">नेपाल चलचित्र पत्रकार संघले पोखरामा तीन दिने कार्यशाला गर्ने भएको छ । नेपाल चलचित्र विकास बोर्डसँगको सहकार्यमा चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्न लागेको हो । आउँदो भदौ १८, १९ र २० गते आयोजना हुने कार्यशालामा चलचित्रक्षेत्रसँग जोडिएका र सोही क्षेत्रमा काम गर्दै आएकाहरुले सहभागीता जनाउनेछन् । कार्यशालामा सहभागी हुन इच्छुकले भदौ १० गतेसम्ममा आवेदन भर्नु पर्नेछ । कार्यशाला सहभागिता शूल्क एक हजार पाँच सय रहेको संघले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । कार्यशालामा चलचित्र आचार संहिता तथा मिडिया कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता,पर्यटन र फिल्म, चलचित्र पत्रकारिता हिजो र आज, फोटो र मल्टिमिडिया लगायत विषयमा कार्यशाला हुने बताइएको छ ।</p><p><br></p>