वीरगन्जमा चलचित्र महोत्सव हुने

आर्टिष्ट खबर/ साउन, काठमाडौं

नेपाल चलचित्र निर्माता संघले चलचित्र दिवसको अवसर पारेर प्रदेश नं. २ को वीरगन्जमा चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव आउँदो असोज १ बाट ३ गतेसम्म चल्ने बताइएको छ । महोत्सवमा चलचित्रहरु प्रर्दशन गरिनुका साथै निर्माणमा सहयोग पुर्याउने उद्देश्यले वर्कसप समेत राखिने चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । औधोगिक नगरी विरगन्जलाई चलचित्र नगरी बनाउने उद्देश्य रहेको भन्दै उनले सातवटै प्रदेशमा महोत्सव गर्दै जाने अधिकारीले बताए । ‘तराई पहाड हिमालको उत्सव नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ नाम दिइएको महोत्सवमा ठूलो संख्यामा कलाकारहरुको उपस्थिती रहने उनले बताए । यसका लागि निर्माता संघले प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत लगायतसँघ भेटेर छलफल गरिसकेको छ । महोत्सवलाई चलचित्र विकास बोर्ड तथा नेपाल उद्योग बाणिज्य महासंघले सह–आयोजना गर्दैछन् ।