बलिउड अभिनेत्री विद्याको निधन

मुम्बई,एजेन्सी ।

एक समयकी चर्चित बलिउड अभिनेत्री विद्या सिन्हाको ७१ वर्षको उमेरमा निधन भएको छ। मुम्बईको जुहुस्थित एक अस्पतालमा उपचारका क्रममा बिहिबार उनको निधन भएको हो। फोक्सो तथा मुटुमा गम्भिर समस्या भएकी उनलाई केहि दिन अगाडी अस्पताल भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।

उनको पहिलो चलचित्र सन् १९७४ मा बनेको ‘राजा काका’हो । जसमा उनले किरण कुमारको जोडी बनेर काम गरेकी थिइन्। चलचित्र बाहेक उनी अलावा उनी टेलिभिजनमा पनि सक्रिय भइन्। उनले कयौं टेलिभिजन शोहरूमा काम गरेकी छन्। उनी ‘छोटी सी बात’, ‘रजनीगन्धा’, ‘पति पत्नी और वो’, मुक्ती’ जस्ता चलचित्रमा गरेको कामका लागि चर्चित छिन्। २ बिवाह गरेकी विद्याको पहिलो पति वेकेटेश्वर अय्यरसँग उनको प्रेम विवाह भएको थियो। अय्यर उनका छिमेकी थिए। उनको १९९६ मा निधन भएपछि विद्याले अस्ट्रेलिया बस्ने नेताजी भीम राओ सालुखेसँग दोश्रो विवाह गरिन्।

दोश्रा पतिले शारिरिक तथा मानसिक यातना दिएको भन्दै उनले २००१ मा डिभोर्स गरेर भारत फर्किएकी थिइन्। उनको जान्हवी नाम गरेकी एक छोरी रहेकी छन्। उनले आफ्नो करियरमा करिब ३० चलचित्रमा अभिनय गरेकी छन्। ८० को मध्य दशकदेखि करियर ओरालो लागेपछि उनी केहि समयका लागि अस्ट्रेलिया सरेकी थिइन्। त्यसको केहि समयपछि भारत फर्केट टिभीमा सक्रिय भएकी थिइन्। विद्या चलचित्र निर्माता प्रताप ए रानाकी छोरी हुन्।