मोफसल यात्रामा ‘जाइरा’ टिम

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

चलचित्र ‘जाइरा’को टिम अहिले मोफसल यात्रामा निस्किएको छ । आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र टिम शुक्रबार पोखरामा प्रमोशन गर्न पुगेको थियो । बिभिन्न कार्यक्रमको शैलीमा चलचित्र टिमले पोखराका बिभिन्न ठाउँमा चलचित्रको प्रचार गरिएको थियो । प्रचार यात्रामा चलचित्रकी मूख्य पात्र नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकारहरु सुजिता श्रेष्ठ र सम्राट मगर लगायत रहेका छन् ।

चलचित्रका कलाकारहरुको उपस्थितीमा लेकसाइडमा रहेको डुंगा रेष्ट्रोमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा पोखरामा स्थायी बसोबास गर्ने कलाकार सम्राट मगरलाई सञ्चारकर्मीमाझ परिचित गराईएको थियो । ‘फिटनेस ट्रेनर’ सम्राटले यसै चलचित्रबाट चलचित्रमा डेब्यू गरेका हुन् । चलचित्रमा उनि जाइरा अर्थात नम्रता श्रेष्ठको कोचको भूमिकामा रहेका छन् । ‘तपाईँले आँफैले लगानि गरेर जोखिम मानिने महिला प्रधान एक्शन चलचित्र बनाउने हिम्मत कसरी गर्नुभयो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै नायिका नम्रता श्रेष्ठले अरुले हिम्मत नगरेकोले आफुले एक्शन चलचित्र बनाउन हिम्मत गरेको बताईन् । ‘जाइरा’की निर्माता समेत रहेकी श्रेष्ठले आफुले यस प्रकारको भूमिकामा अभिनय गर्न सक्दिन भन्ने भ्रमलाई चिर्दै अभिनय गरेको बताईन् ।

पत्रकार सम्मेलनमा अभिनेता प्रमोद अग्रहरीको लुक्सको चर्चा भयो । ट्रेलरमा देखिएको लुक्स बारे सञ्चारकर्मीको जिज्ञासामा उनले भदौ ६ गते चलचित्र हेरेपछि उक्त राज खुल्ने बताए । त्यस्तै, पोखरामै ‘टम्बल वीड’ ब्याण्डले ‘जाइरा’को ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दगीको खेल’को प्रस्तुती दिएको छ । लेकसाइडको रोलिङ्ग स्टोन रक बारमा बिशेष प्रस्तुती दिँदै ब्याण्डले चलचित्रको ओएसटी प्रस्तुत गरेको हो । उक्त ओएसटी इन्टरनेटमा भने केहि दिनमा सार्वजनिक गरिने बताईएको छ । चलचित्रको ओएसटी निर्माण गरेको उक्त ब्याण्ड सोहि प्रस्तुतीको लागि पोखरा पुगेको थियो । लेकसाइडमा नै रहेको अल्टिच्युड लञ्जमा ’मिट एण्ड ग्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको ’जाइरा’मा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाहि, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।