‘हजार जुनीसम्म’ गीत: लुकेकी प्रियंकासँग अर्यानको रोमान्स

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

गएको बिहिबार जनै पुर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘हजार जुनीसम्म’को नयाँ गीत इन्टरनेट रिलिज गरिएको छ। सार्वजनिक गीत ‘सत्य सत्य’ दर्शकले आर्यन सिग्देल र प्रियंका कार्कीलाई देख्न सक्छन् । यस अघि पब्लिसिटीबाट लुकाइएको प्रियंकालाई निर्माण पक्षले यसबाट बाहिर ल्याएको छ। चलचित्रमा प्रियंका महत्वपूर्ण भूमिकामा छिन्। चलचित्र नहेरेका दर्शकले गीत सार्वजनिक भएसँगै प्रियंका चलचित्रमा रहेको जानकारी पाएका छन् भने चलचित्र हेर्न पुगेका दर्शकको लागी प्रियंका सर्प्राइज थिइन् । गीतमा मानस थापाको शब्द, प्रविन पौडेलको संगीत र सुगम पोखरेलको स्वर रहेको छ। सार्वजनिक गीत सिक्किमकै हिमाली भेगमा छायांकन गरिएको छ । गीतमा आर्यन र प्रियंका रोमान्टिक देखिएका छन् । प्रियंका र आर्यनको गीत चाँगु लेक माथि खिचिएको हो, त्यतिबेला तापक्रम माइनस ४ डिग्री रहेको थियो । सिक्किमको गान्तोकमा अवस्थित यो ताललाइ पानीको श्रोत पनि भन्ने गरिन्छ । पर्यटकको लागि आकर्षणको केन्द्र मानिने चाँगु लेकमा खिचिएको गीतलाई कथाखुल्ने भन्दै निर्माण पक्षले सार्वजनिक गरेको थिएन ।

नाई नभन्नु ल सिरिजका निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार चलचित्र प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ। चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइँटेल, शिवहरी पौडेल, अखिलेस प्रधान, संचिता लुइँटेल र अनुभव रेग्मी लगायतको अभिनय रहेको छ। निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेना संगको सहकार्यमा तयार पारेका हुन्। फिल्ममा कविराज गहतराजको नृत्य, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ। यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन्।

song: