रबि लामिछानेको समर्थनमा गायक तिलकको गीत ‘चाहे हान छातिमा गोली’ (भिडियो)

आर्टिष्ट खबर,/ भदौ २, काठमाडौं ।

चर्चित तथा लोकप्रिय पत्रकार रबि लामिछानेको समर्थनमा देशका खिबभिन्न ठाउँमा प्रदर्शन हुँदै गर्दा गायक तिलक बस्नेतले ‘चाहे हान छातिमा गोली’बोलको गीत सार्वजनिक गरेका छन् । पत्रकारिता जगतमा लागेका पत्रकारहरुको प्रोत्साहनका लागी भन्दै तिलक बस्नेत र सनिता खनालको प्रस्तुतीमा यो गीत तयार पारिएको हो ।

गीतमा गायक तिलकको स्वर, शब्द र संगीत रहेको छ भने गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका छन् । गीतको बिषयमा बोल्दै गायक तिलकले पत्रकारहरु प्रोत्साहनका लागी आफूले यो गीत ल्याएको बताउँछन् । ‘देशको चौथो अंगको रुपमा लिइने पत्रकारले सत्य तथ्य बाहिर ल्याउन पाउनुपर्छ । यो गीत सम्पुर्ण पत्रकारिता जगतकै लागी तयार पारिएको हो । को बिषयमा पर्छ ।’ गायक तिलकले भने । ‘सधैं सत्यको पछि हिड्ने पत्रकार रबि लामिछानेले पत्रकार शालिकराम पुडाशैलीलाई आत्महत्या गर्न दुरुत्साहित गरे जस्तो लाग्दैन । सत्यतथ्यको छानबिन होस् भन्ने चाहाना हो ।’ गीतको भिडियोमा भने पत्रकार रबि लामिछानेको समर्थनमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणको भिडियो क्लिप देखी रबिका वास्तविक तस्बिरहरु प्रयोग गरिएको छ ।

Video: