‘लिलिबिली’ निर्माता गोविन्द शाही पक्राउ

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

प्रदर्शन भइसकेको चलचित्र ‘लिलिबिली’का निर्माता गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ। यसका साथै अनुसन्धानका लागी दुईदिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । चलचित्र ‘लिलिबिली’को हिसाब–किताब नदेखाएको भन्दै निर्माता तथा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले गएको एक वर्ष अगाडि निर्माता शाहीविरुद्ध महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा बुधबार उनलाई कमलपोखरीबाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गरे लगत्तै प्रहरीले उनलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत पुर्याएको थियो । अदालतले अनुसन्धानका लागि २ दिन म्याद थप गरेपछि उनलाई टेकु लगिएको निर्माता खड्काले बताएका छन् । निर्माता शाही ‘लिलिबिली’ का निर्मातासँगै वितरक पनि हुन्। उनलाई प्रहरीले अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा पक्राउ गरेको हो । चलचित्र ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) लुकाएको भन्दै निर्माता शाहीविरुद्ध टेकुमा निर्माताद्वय मिलन र सुदीपले उजुरी दिएका थिए ।