‘च च हुई’को पहिलो गीतमा छल्कियो आर्यन र मिरुनाको प्रेम (भिडियो)

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘च च हुई’ को पहिलो गीत सार्वजनिक भएको छ। ‘सिल्की सिल्की बाल’ बोलको गीत बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको हो। राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा  राजनराज स्वयंको संगीत रहेको छ। चलचित्रका निर्माता अमृत घोले लामा, राजनराज सिवाकोटी र श्याम लामिछानेले गीतको शब्द रचेका हुन् ।

गीतको भिडियोमा चलचित्रको मुख्य भुमिकामा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर र कलाकार भोलाराज सापकोटा फिर्चड छन् । गीतमा आर्यन र मिरुनाको प्रेमभावलाई समेटिएको छ।  मुस्ताङ्गको चुसाङ्गमा छायाँकन गरिएको गीतमा शिशिर खातीको कोरियोग्राफी रहेको छ। गीत सुशन प्रजापतिले खिचेका हुन् । साम्तेन भुटिया निर्देशित चलचित्र ‘च च हुई’ मंसिर ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको  चलचित्रमा आर्यन, मिरुना र भोलाराजसँगै माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको पनि अभिनय छ। चलचित्र साम्तेन भुटियालेनै सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च चहुई’ को पटकथा सिजनदाहाल र सन्देश अर्यालले लेखेका हुन्।

song: