न्यूओर्कमा हुने अवार्डमा आँचल देखी अन्जु पन्तसम्मको प्रस्तुती रहने

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

आगामि नोभम्बर २३ मा अमेरिकाको न्यूओर्कमा सम्पन्न हुन गइरहेको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को भब्य तयारी भइरहेको छ ।  आयोजक मध्येको एक टिमले न्यूओर्कमा तयारी गरिरहेको र अर्को टिमले नेपालमा तयारी गरिरहेको आयोजक वर्ल्ड कनेक्सन युएस इन्कका अध्यक्ष आङगेलु शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार अहिले नेपालबाट अवार्डका लागी न्यूओर्कमा जाने कलाकारहरुसँग सम्झौताको काम भइरहेको छ ।

नेपाली गीतसंगीतमा लागिरहेका कलाकारहरुले जुन २१ गतेदेखि अगष्ट ३० सम्म संसार भरीबाट फर्म दर्ता गराइरहेका छन् । यसका साथै छुटेका कलाकारहरुलाई पनि सात दिनभित्रमै फर्म भर्न नोटिस गरिएको छ ।

यसका साथै अहिलेसम्म थुप्रै कलाकारहरुसँग सम्झौता भएको जानकारी प्राप्त भएको छ । अवार्डको अफिसियल फेसबुकमा सार्वजनिक तस्बिर अनुसार नायिका आँचल शर्मा, मरिश्का पोखरेल, गायिका अन्जु पन्त, मोडल रश्मी तामाङ, आरुषी मगर लगायतका कलाकारहरुसँग सम्झौता भइसकेको छ । साथै ज्योती मगरसँग पनि सम्झौता भएको बुझिएको छ । अवार्ड आयोजकको तर्फबाट दावा एसडीको टिमले नेपालमा कलाकारहरुसँग सम्झौता गरिरहेका छन् । यी कलाकारहरुको बिशेष प्रस्तुती रहने अवार्ड संयोजक सुमन बुढामगरले जानकारी दिए । अन्य कलाकारहरुसँग पनि सम्झौता भइरहेको र हुनेक्रम चलेको बताइएको छ । १३ बिधामा अवार्ड प्रदान गरिनेछ ।