पुन: एकसाथ पर्दामा देखिँदै सलमान र आमिर

मुम्बई,एजेन्सी ।

२५ वर्ष अघिको पुरानो बलिउड कमेडी चलचित्र ‘अन्दाज अपना अपना’को सिक्वेल बन्ने भएको छ। दुई सुपरस्टार सलमान खान र आमिर खानको मुख्य भूमिका रहेको उक्त चलचित्रको सिक्वेलमा पनि उनीहरुकै अभिनय रहने भारतिय मिडियाले जनाएको छ। २५ वर्षपछि ‘अन्दाज अपना अपना’को सिक्वेलमा सलमान खान र आमिर खान पुन: स्क्रिनमा एकसाथ देख्न पाइने भएको छ। फेरी दुई निकै महँगा कलाकार सलमान र आमिरले एकसाथ काम गर्न लागेको चर्चाले हाल बलिउड निकै तातेको छ। चलचित्र राजकुमार सन्तोषीले निर्देशन गर्नेछन् ।

चलचित्रका निर्माता र निर्देशकले यस चलचित्रको सिक्वेलका लागि सुहाउँने भूमिकामा सलमान र आमिरलाई छानेको श्रोतको बताएको छ । तर सलमान र आमिरलाई एकसाथ कास्ट गर्न हरेक ब्यानरलाई धौधौ पर्ने देखिन्छ। ‘अन्दाज अपना अपना’मा मुख्य भूमिका निभाएका अभिनेत्री करिश्मा कपूर र रवीना टन्डनका पनि केही झलक सिक्वेलमा देखाइने बताइएको छ। उनीहरु गेस्टको रुपमा रहने छन्।

चलचित्रकालागि सलमान र आमिर दुबै सहमती भइसकेका छन्। सिक्वेलमा सलमान र आमिरको अपोजिटमा नयाँ अभिनेत्री रहँनेछन्।। सलमान र आमिरले आफै निर्माण गर्न लागेको यस चलचत्रमा उनीहरुको अलवा अरु सबै नयाँ अनुहार  भारतिय मिडियाले देखिने बताइएको छ ।