यसबर्षको उत्कृष्ट तीज गीत ‘चप्पलै हरायो’

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

यसबर्ष सार्वजनिक भएका तीज गीत मध्ये ‘चप्पलै हरायो’ बोलको गीत उत्कृष्ट तीज गीत ठहरिएको छ । छायाँछवि क्रिएसनले बर्षेनी आयोजना गर्दै आएको ‘छायाँछवि तीज म्यूजिक अवार्ड’को छैठौं संस्करणमा कृष्णा परियारको ‘चप्पलै हरायो’ गीतले अवार्ड उचालेको हो । यसका साथै गायिका कला लम्सालको ‘पातली’बोलको गीतले मौलिक तीज गीतको अवार्ड पाउन सफल भयो ।

३२ बिधामा अवार्ड प्रदान गरेको कार्यक्रममा बरिष्ठ अभिनेत्री त्रय बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, भुवन चन्द, निर्देशक दिपाश्री निरौला, बरिष्ठ लेखक-निर्देशक मोहन निरौला, रोशनी के.सी, रेजिना उप्रेती लगायतको उपस्थिति रहेको थियो । हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत–संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मुल नाराका साथ आयोजीत ‘छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६’मा करिव डेढ दशक देखि रंगपत्रकारिता गर्दै आएकी शारदा थापालाई नगद ६ हजार ६ रुपैया सहित छायाँछवि नारी रंग पत्रकारिता पुरस्कार प्रदान गरियो ।

समारोहमा उत्कृष्ट तीज गीत गायिकाको अवार्ड ‘गाउँ र सहर तीजको लहर’ बोलको गीतका लागी अंजना गुरुङले पाइन् । यस्तै उत्कृष्ट तीज दोहोरी गीतको रुपमा देवी घतीको स्वरमा रहेको ‘जमाना अनुसार’बोलको गीतले पायो । यस्तै उत्कृष्ट तीज दोहोरी गीत गायिका ‘लेउ लाग्यो’ बोलको गीतबाट शुशीला गौतम भइन् भने उत्कृष्ट तीज दोहोरी गीत गायकमा ‘रीडी दोभान’बोलको गीतबाट लेखनाथ आचार्य ले अवार्ड पाए । साथै उत्कृष्ट तीज गीत कम्पनीमा ‘बरी लै’बोलको गीतबाट शुभश्री फिल्मस् प्रा.लि.ले अवार्ड उचाल्यो।

Teej-Song