‘साहो’लाई ‘निराशाजनक’ ट्याग, समिक्षक भन्छन् ‘कथा बस्तु र अभिनय निकै झुर, कमजोर निर्देशन,भ्रामक पटकथा’

मुम्बई,एजेन्सी ।

झण्डै २ बर्ष लगाएर निर्माण गरिएको चलचित्र 'साहो' आज अगस्ट ३०बाट विश्वभर प्रर्दशनमा आएको छ। 'बाहुवली' सुपरस्टार प्रभासको एक्सन चलचित्र 'साहो'को प्रतिक्षामा रहेका दर्शकहरुले चलचित्र हेरेर प्रतिक्रिया दिन थालिसकेका छन् । दर्शक तथा समिक्षकबाट सकारात्मक प्रतिक्रियाको आशा बोकेको चलचित्रले 'निराशाजनक' ट्याग पाएको छ ।

समिक्षकबाट ‘साहो’कालागि प्रभासले २ बर्षा समय नष्ट गरेको प्रतिक्रिया आउन थालेको छ। दर्शक तथा समिक्षकले चलचित्रको कथावस्तु र पटकथा कमजोर,भीएफएक्सलाई समेत खराब भनेका छन् । चलचित्रको गीत संगित समेत रुचाएका छैनन्। तर चलचित्रको एक्सन पाटोलाई रुचाइएका छन् ।

भारतका चर्चित समिक्षा तरण आर्दश चलचित्रबारे ट्विटर लेखेका छन् ।‘साहोको कथा कमजोर ,भ्रामक पटकथा र कमजोर निर्देशन। ठूलो पैसा को बर्बाद भन्दै उनले चलचित्रलाई १.५ स्टार दिएका छन्। ‘साहो’मा प्रभास र एक्सन मात्र राम्रो रहेको तर खराब कथा र पटकथाका कारण कमजोर रहेको भन्दै बलिउडका अन्य केही समिक्षकहरुले प्रतिक्रिया दिएका छन् ।त्यसैगरी अर्का समिक्षक सुमित कँडेल चलचित्रलाई १ स्टार दिदैँ लेख्छन् 'साहो सन् २०१९ को सबैभन्दा ठूलो निराशाजनक चलचित्र हो। अब तपाई जोखिम उठाएर यो चलचित्र हेर्नुहुन्छ?'