‘पोइ पर्यो काले’को फर्स्ट लुक पोस्टर सार्वजनिक

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्र ‘पोइ पर्यो काले’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको  छ। कात्तिक ८ गते बाट प्रर्दशनमा आउने चलचित्रको सार्वजनिक पोस्टरमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ,पूजा शर्मा र सोहित मानन्धरले स्थान पाएका छन् । अमला देवी राई, दीपक मनाङे (राजीव गुरुङ),किरण नेपाली, अर्जुन खनियाँ र देव तामाङलगायतले निर्माण गरेको चलचित्रमा सौगात मल्ललाई बढी फोकस गरिएको छ। उनी चलचित्रमा काले पोइ बन्ने छन् भने उनको जोडी सृष्टि श्रेष्ठ हुनेछिन्। यो एक जोडी भएभने अर्को जोडीको रुपमा आकाश श्रेष्ठ र पूजा शर्मा रहेका छन् ।

चलचित्रमा सृष्टि र पूजा दिदीबहिनी हुनेछन्। लाल बहादुर खाती,अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, तारा थापा किम्भेको सम्पादन शिब ढकालको छायाँकन रहेको चलचित्रमा यि चारका अलवा सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयंको अभिनय रहेको छ भने अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा देखिने छिन्।