‘साहो’सँग जुधेको ‘मारुनी’को कमाई पौने २ करोड

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

बलिउडको ठुलो चलचित्र ‘साहो’सँग जुधेको चलचित्र ‘मारुनी’ अहिले पनि नेपालीहलहरुमा प्रदर्शन भइरहेको छ। ‘मारुनी’ले दुखकासाथ ब्यापार गरिरहेको छ। नेपालका अधिकांश हलहरुमा साहोका दर्शक देखिन्छन् भने मारुनीमा धिरमिर धिरमिर दर्शक छन् । यसका बाबजुध पनि मारुनीले गएको शनिबारसम्ममा १ करोड ८५ लाख आम्दानी गर्न सफल भएको छ । यसरी हेर्दा केहिदिनमै यो चलचित्रले २ करोडको ब्यापार गर्ने देखिन्छ ।

प्रदर्शनको केहि दिन दर्शकको संख्या तुलनात्मक हिसाबमा कम भएतापनि अहिले पनि माउथ पब्लिसिटीका कारण चलचित्र हेर्ने दर्शक बढ्दैछन् । चलचित्रको कलाकारको अभिनय र मेकिङको तारिफ गरिएको छ । निर्मात्री पूनम गौतमले दिएको आँकडा अनुसार, ‘मारुनी’ले दोश्रो साताको शनिबारसम्म आइपुग्दा पौने २ करोडको ग्रस कलेक्शन गरेको हो । ‘सोमबारदेखि चलचित्रको व्यापार एउटै रफ्तारमा छ। केही हलमा शोजहरु बढेका छन् । केही हलले चलचित्र नै मागेका छन् ।’ पुनमले भनेकी छिन् । उनले, दोश्रो साताको शनिबारसम्म चलचित्रले काठमाण्डौ बाहिरबाट ६५ लाखको ग्रस कलेक्शन गरेको बताइन् । यस्तै, दोश्रो साताको शनिबारसम्म चलचित्रले काठमाण्डौबाट १ करोड २० लाखको ग्रस कलेक्शन गरेको पूनमको भनाई छ। उनले १ करोड ५५ लाखमा चलचित्र निर्माण भएको बताइन्। यसैले, चलचित्रको व्यापारिक रफ्तार यही तरिकाले अगाडि बढेको खण्डमा नेपालबाटै लगानी सुरक्षित हुने आशा उनले लिएकी छिन् । नवल नेपाल निर्देशीत यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेबिका गुरुङको मुख्य भूमिका छ ।