एकपछि अर्को चलचित्र सफल रहँदा विपिनलाई चुनौती

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

विपिन कार्की नेपाली चलचित्रका पछिल्लो समयका सर्वाधिक लोकप्रिय अभिनेता हुन् । उनले अभिनय गरेका अधिकांश चलचित्रले बक्स अफिसमा कमाल गरेका छन् । त्यसैले पनि उनी निर्माताहरुको रोजाईको अग्रपक्तिमै पर्छन् । उनले अभिनय गरेको पछिल्ला चलचित्र ‘प्रसाद, जात्रा’ लगायतका चलचित्र सफल रहे। एकपछि अर्को चलचित्र सफल रहँदा विपिनलाई चुनौती थपिएको छ ।

गएको बुधबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्र ‘सेल्फी किंग’ निर्माणको घोषणा गरियो । जसमा विपिन मुख्य भूमिकामा छन्। उनको जोडीको रुपमा लक्ष्मी बर्देवा रहनेछिन् । यो चलचित्रमा राम्रो गर्नुपर्ने र दर्शकको आशालाई पुर्णता दिन विपिनले चुनौती सामना गर्नुपर्नेछ । विपिनले चलचित्रको कथा, निर्माण टिम सबै मन परेपछि चलचित्रका काम गर्न राजि भएका हुन्। विपिनले ‘गोपाल’ नामक भूमिका निर्वाह गर्ने यो चलचित्रमा विपिन र लक्ष्मीको अलवा अभय बराल, लोकमणी सापकोटा, भुवन चन्द, सविन बास्टोला, राजेश विशुराई,राम शरण दुलाल, युवराज विश्वकर्मा, कन्चन संग्रौला, विक्रम श्रेष्ठ, अन्जु शर्मा, धुव्र थापा र प्रेम प्रसाद खतिवडा लगायतको अभिनय रहेको छ। यसै साता देखि छायांकन सुरु गरिने चलचित्रमा पाहुनाको भूमिकामा केकी अभिकारी रहनेछिन्। सुवाष थापा र दिनेश राउतको निर्माणमा तयार गरिने चलचित्रमा सुशन प्रजापतिले छायांकन र जीवन थापा सम्पादन रहने छ ।